घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा ३४ बर्षिय सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनु भयो ।

न्यौपानेले आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शबको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।