कुस्मा नगरपालिकाको चौथो नगरसभा सुरु, स्याटेलाईट सिटीको रुपमा बिकास गरिने

0
Shares

नेपाल समाचारपत्र
पर्वत
पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६/०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चौथो नगरसभामा आर्थिक बर्ष २०७६/०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामचान्द्र जोशीले कुस्मालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने लक्ष्य राखिएको बताए ।

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकामा अत्याधिक चाप बढ्न थालेपछि महानगर वरपरका पर्वतको कुस्मा र फलेबास, स्याजाबजार, तनहुँको शुक्लागण्डकी र लमजुङ्गको मध्य नेपाल नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्न बजेट बिनियोजन गरेको छ । पोखरामा रहेका शैक्षिक, भौतिक र अन्य सुबिधाहरुलाई क्रमशः स्याटेलाईट सिटीहरुमा बिस्तार गर्ने लक्ष्य अनुसार कुस्मा नगरपालिकाले पनि यसलाई अघि बढाउन थालेको प्रमुख जोशीले बताए ।

कुस्मालाई अग्ला पुलको शहर र सहासिक पर्यटनको गन्तब्यको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ । यसका लागि पर्यटकीय पुर्बाधारको निर्माण तथा प्रचारप्रसारको कामलाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

यसैगरि कुस्मा नगरपालिकाले संघ र प्रदेशको साझेदारीमा ब्यबस्थित शहर बनाउने सडकहरुको गुरुयोजना बनाउने र एकिकृत पुर्वाधार बिकास गुरुयोजना लाई अगाडी बढाउने भएको छ । कुस्मा बजारमा सबै किसिमका भवन निर्माण गर्दा अनिवार्य स्विकृती लिनु पर्ने कुरामा कडाई गर्ने भएको छ । नगरपालिकाभित्र स्विकृती नलिई भवन बनाउने काम तीब्र रुपमा भैरहेको छ भने पुराना भवनहरुको अभिलेखीकरण समेत हुन सकिरहेको छैन ।

निति तथा कार्यक्रममा कुस्मा नगरपालिकालाई खुल्ला प्लाष्टिक र सिसा मुक्त बनाइने उल्लेख छ । अहिले सम्म कुस्मालाई स्वच्छ, सफा र हराभरा नगरपालिकाको रुपमा बिकास गर्न आधुनिक प्रबिधीयुक्त फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख छ । पिपलटारीमा बर्थिङ्गसेन्टर सञ्चालन गर्ने र नगरपालिका भित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीको स्तरउन्नती गरिने भएको छ ।

कुस्मा नगरपालिकाले आगामी आर्थिक बर्षमा २ वटा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गरि प्रोजेक्टरबाट पढाउने ब्यबस्था मिलाउने भएको छ भने न्युन बिद्यार्थी भएका बिद्यालयलाई एकिकरण र समायोजन गर्ने भएको छ ।

नगरपालिकाले एक वडा एक नमुना कृषि फार्म बनाउने, आगामी दुई बर्षभित्र कुस्मार्ला दुग्धजन्य पर्दा, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना पनि ल्याइएको छ ।प्रत्येक वडामा एकएक वटा पकेट क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ ।