पर्वत जीप दुर्घटना अपडेटः दुईको मृत्यु, चार घाइते(नामसहित)


पर्वत ।
पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा महाशिला गाउँपालिका वडा नं ३ बस्ने ५० बर्षिय कृष्णगोपाल गुरुङ र एक महिला रहेका छन । मृतक गुरुङ्ग स्थानिय बालारानी माबिका शिक्षक हुनुहुन्छ भने सोही बिद्यालयमा भवन निर्माणमा कार्यरत मज्दुर रहेकी छन । महिलाको सनाखत हुन सकेको छैन ।

घाइतेहरुमा जीप चालक पर्बतको पैँयु गाउँपालिका वडा नं ७ बस्ने ३५ बर्षिय प्रविण गुरुङ र महाशिला गाउँपालिका ३ बस्ने ३३ बर्षिया लक्ष्मीलाई उपचारका लागि पोखरा पठाइएको छ बालाकोट कै ३५ का दिपक गुरुङ र २८ बर्षिय खुमबहादुर गुरुङ्गको प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुदेउरालीमा प्राथमिक उपचार हुदैँ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
लुंखुस्थित बाणिज्य बैंकमा आएर घर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेका छन । सडक चिप्लो भएका कारण जीप सडक देखि अन्दाजी १०० मिटर तल खसेको थियो ।

दुर्घटनाको खबर संगै महाशिला गाउँपालिकाको गाउँसभा स्थगन गरिएको छ । गाउँसभामा आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट माथि छलफल भैरहेको समयमा दुर्घटनाको खबर संगै गाउँसभास्थगित गरिएको गाउँपालिकाका प्रबत्ता तथा वडा नं ५ का अध्यक्ष जीवनबिक्रम उच्चैले जानकारी दिनुभयो ।