निर्दयी मन ! घाँटी रेटेरै सौताको हत्या


उदयपुर ।
पछिल्लो समय हत्या गर्नु मानिसहरुले सामानय रुपमा लिईरहेको पाईन्छ । अहिले कुनै दिन हत्या नभएका समाचार सुनौ न भन्दा पनि दिनहुँ त्यस्तै समाचार सम्प्रेशन भईरहेका छन् ।

मानिसको मन यति निर्दयी किन बन्दैछ ? यो सबैमा उठ्ने प्रश्न हो । यस्तै उदयपुरमा पनि आईतबार दिउँसो एक महिलाले आफ्नै घाँटी रेटेर सौताको हत्या गरेको प्रहरीले जनाएको छ ।

उदयपुरको कटारी नगरपालिका– ४ मरुवाका पदम राईकी ३० वर्षीया जेठी श्रीमती सीता राईले सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर चक्कुले घाँटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले न्यूज अफ नेपाललाई बताएको हो । प्रहरीले हत्या आरोपमा सीता राईलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको चक्कु पखालेर घटनास्थल नजिकै फालिएको अवस्थामा बरामद गरेको जनाएको छ । यसबारे अन्य थप अनुसन्धान भईरहेको छ ।