पर्वतको लुङ्खुमा जीप दुर्घटना, दुईको मृत्यु


पर्वत ।
पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते ४ जना घाइते भएको र उनीहरुको लुखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । लुंखुस्थित बाणिज्य बैंकमा आएर घर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेका छन । घटनास्थलमा उद्दारको काम भैरहेको वडा अध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिए । थप बिबरण भने आउन बाँकी छ ।