![](https://newsofnepal.com/wp-content/uploads/2019/02/aagolagi-768x576.jpg)
काठमाडौं । दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।
हत्या हैन भन्छ प्रहरी
गए राति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको दार्चुलाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी पनि बस्थे । उनीहरु भने सकुशल छन् ।
‘घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्नेबारे अनुसन्धान थालेका छौं, यसलाई अहिले नै हत्या भएको भन्न मिल्दैन । हाम्रो अनुसन्धान जारी छ ।’ डिएसपी शाहीले भने ।
प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्राउ गरी थप अनुसन्धानको काम भैइरहेको जनाएको छ ।