हाँस्य टेलिश्रृङ्खला “गोलमाल” २४ घण्टा नपुग्दै ट्रेण्डिङमा


काठमाडौँ ।
नेत्र राउतको लेखन तथा निर्देशन रहेको हास्य टेलिश्रृङ्खला “गोलमाल” टेण्डिङमा रम्न थालेको छ । नेपाल टेलिभिजनका लागि भाईब्स क्रियसनको प्रस्तुती हाँस्य टेलिश्रृङ्खला गोलमालले पछिल्लो समय दर्शकको नजर तानिरहेको छ ।

यस टेलिश्रृङ्खलाका परिकल्पना तथा निर्माता पशुराम रिजाल हुन् भने छायांकन सागर खड्का हुन् । पवन खतिवडा, सरोज घिमिरे, शिवहरि आचार्य, शिवहरि नेपाल, हेम श्रेष्ठ, सस्मिता गिरी, जयनन्द लामा, कृष्ण मगल श्रेष्ठ, नबिना श्रेष्ठ, शिवहरी नेपाल, अस्मिता बस्नेत, रुपक रम्तेल, अनुमती नेपाली, यादव थापा, शम्भु थापासहित अन्य कलाकारले अभिनय गर्दै आएका छन् ।

यसको सम्पादन रविन्द्र खड्काले गर्ने गरेका छन् भने सह निर्देशक शिवहरि नेपाल हुन् । यसमा टेलिश्रृङ्खलामा हाँस्य विधालाई बढि प्राथमिकता दिने गरिएको छ भने विभिन्न व्यंग्यात्मक तरिकामा सन्देश पनि दिईएको हुन्छ । यस टेलिश्रृङ्खला हेरपछि विदेश रहेका नेपालीले थकान नै विर्शने गरेको ककेन्टमा उल्लेख गरेका हुन्छन् ।

यहाँबाट हेर्नुहोस् गोलमाल टेलिश्रृङ्खला: