अरूले गरेको धुम्रपानको असरले हरेक वर्ष १० लाख मानिसको मृत्यु !


काठमाडौँ ।
पछिल्लो समय बढ्दो सूर्तिजन्य पदार्थको सेवनले नसर्ने रोगका बिरामीहरु बढिरहेको चिकित्सकहरुले बताएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले सूर्तिजन्य पदार्थको सेवन गर्ने मानिसको नजिक बसेको मानिसलाई पनि असर गर्ने बताए । उनले भने “सुर्तिजन्य पदार्थको सेवनले दीर्घ रोगहरु लाग्छ ।”

धुम्रपानले फोक्सो र मुटुदेखि शरीरको पूरै अंगलाई असर गर्ने वरिष्ठ छाती रोग विशेषज्ञ डा। रमेश चोखानीले बताए । उनले भने, “सूर्तिजनय पदार्थले शरीरभर असर गर्छ भने आफूले सेवन गरेको चुरोटको धुवाँले अरुलाई पनि असर गर्छ ।”

सन् २०१८ को तथ्यांक अनुसार नेपालमा २७ हजार एक सय ३७ जनाको मृत्यु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ भने सन् २०१७ मा २५ हजारको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अरुले गरेको धुम्रपानको कारण धुम्रपान नगर्नेहरु विश्वमा वर्षेनी १० लाख व्यक्तिको अकालमा मृत्यु हुने गरेको देखाएको छ । सूर्तिजन्य पदार्थको सेवनले विश्वमा ७० लाखभन्दा बढीको मृत्यु हुने देखाएको छ । मृत्यु हुनेमा अविकसित देशका नागरिक बढी रहेको संगठनले जनाएको छ । बाह्रखरीबाट