धादिङ जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो

धादिङ जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो


नेपाल समाचारपत्र, काठमाडौँ ।
धादिङको गल्छी– ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने १० जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु, गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल र ठेगाना नखुलेको समिक्षा अधिकारी रहेका छन् ।

मृतक समिक्षाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीबजारतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। अन्य विवरण आउन वाँकी छ ।