धादिङमा जीप दुर्घटना, चारको घटनास्थलमै मृत्यु, आठ घाइते


नेपाल समाचारपत्र, काठमाडौँ ।
धादिङको गल्छी– ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो ।

जीप माथिल्लो सडकबाट खसेर तल्लो सडकसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।