ट्रिपर ठक्कर काण्डः ४५ लाख क्षतिपुर्ति पाउने भएपछि आफन्तले लाश बुझे


उदयपुर ।
उदयपुरमा ट्रिपरको ठक्करबाट बुधवार मृत्यु भएका दुबै मृतकका परिवारले क्षती पुर्तीवापत ४५ लाख रुपैया पाँउने भएका छन् । पीडित परिवार स्थानीय बासिन्दा जजनप्रतिनिधी प्रहरी र रसुवा कन्ट्रक्सनका प्रतिनिधी बिच ईलाका प्रहरी कार्यालयमा आज भएको छलफलपछि यस्तो सहमती भएको चौदण्डीगढी नपाका मेयर खगेन्द्र राईले बताए ।

सहमती पस्चात प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा दुबै मृतकको सव पोष्टमाटम पछि आफन्तले बुझी आजै अन्त्यस्टी गरेका छन् । सहमती अनुसार दुबै परिवारले २२ लाख ५० हजारका दरले ४५ लाख रुपैया क्षतीपुर्ती पाउने भएका छन ।

टिप्परको ठक्करबाट चौदण्डीगढी नगरपालिका ४ बर्षेडाडाका ४५ बर्षीय खगेन्द्र राई सोही वडाका ४४ बर्षीय जबिन राईको मृत्यु भएको थियो । मदनभण्डारी राजमार्ग अन्तरगत उदययपुरको चौदण्डीगढी न पा ७ लाटिखोलामा स १प ३६१ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको बा२क७०९ नम्बको टिप्परले ठक्क्रदिदा दुबैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मदनभण्डारी राजमार्गमा पर्ने खोलाहरुमा पुल निर्माणको कार्य गरी रहेको रसुवा कन्ट्रक्सनले नियम बिपरित टप्पर चलाउने गरेको भन्दै घटनापछि आफन्त र स्थानीयले बिरोधका गरर्दै सव उठाउन ननदिएपछि प्रहरीले हिजो सामान्य बल समेत प्रयोग गर्नु पपरेको थियो ।

मृतक खगेन्द्र राई चौदण्डी गडी नपा ३ र ४ स्थित चालिसे देबिथान सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हुँन उनको पार्थीव सरिरमा सामुदायिक बन उपभोक्ता महासंघको झण्डा ओडाएर अन्तिम श्रदान्जली अर्पण गरियो ।