खानेपानीको समस्या हटाउन डिप बोरिङ


अनिल खत्री, गुल्मी ।
खानेपाीको समस्या भएपछि (डिप बोरिङ्ग) बाट गुल्मीको सदरमुकाम तम्घास खानीगाउँका बासीन्दाले खानेपानीको समस्या समधान गरेका छन् । जमिन मुनीको पानी पम्पीङ्ग प्रविधी मार्फत निकालेर रेसुङ्गा नगरपालिका १, २, ३ ८ र ९ नम्वर वडासम्म ३ सय ५२ घरधुरीलाई खानेपानीको समस्या समधान गरेको हो ।

खानीगाउँ खानेपानी उपभोक्ता समितिले खानीगाउँमा भुमिगत जलश्रोत डिप बोरिङ प्रविधि मार्फत निकालिएको पानीकोरेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच सुभारम्भ गर्नुभयो ।

नगरको वडा नम्वर ८ बसपर्कबाट ६ ईञ्चको पाईप मार्फत ट्याङकीमा राखिएको पानी वितरण गर्न एक कार्यक्रम राखिएको खानिगाँउ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बालसिंह काउछाले बताए । अहिले खानेपानीको अभाव समधान गर्न सफल भए पनि स्थाई समधानका लागि मझेङ्ग खानेपानी योजनाको काम अगाडी बढाई रहेका अध्यक्ष काउछाले बताउनु भयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सबैको सक्रियतामा छोटो समयमै खानेपानीको समस्या समधान गर्न सकेको प्रति खुशी ब्यक्त गर्नुभयो । उहाँले सदरमुकाम भित्रको खानेपानीको दिर्घकालिन समस्या समधानका लागि केन्द्र सरकारसंग आफुले पहल गरि झण्डै एक अरवको लागतमा मझेङ्ग खानेपानी योजना सुरु गरिएको बताउनु भयो ।

पानी बतिरण कार्यक्रममा रेसुङ्गा नागरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले खानेपानीको समस्याले काकाकुल भई रहेका खानीगाउँवासीका लागि जमिनको पानी बाहिर निकालेर ट्याङकी सम्म खसाल्न सफल हुनुलाई उत्सवका रुपमा लिएको बताउनु भयो । उहाँका अनुसार भगवती मन्दिरको ट्याङकीमा दैनिक २ लाख लिटर पानी संकलन हुन्छ ।

उक्त योजना ५ नम्वर प्रदेश सरकारको भौतिक पुर्वधार मन्त्रालयबाट परेको २५ लाख लागमा सम्पन्न भएको खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर कमल पन्थले बताउनु भयो । वडाध्यक्ष भलामीका अनुसार उक्त भुमिगत जल खानेपानी योजना संरक्षणका लागि नगरपालिकाले २१ लाख रकम छुट्टाएको बताउनु भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्यले यो प्रविधी राम्रो भएको र ल्याव टेष्ट गर्दा पानी शुद्ध र पिउन योग्य भएको जानकारी दिनु भयो । कार्यक्रममा उक्त योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका निभाएका डिभिजन प्रमुख उपध्या, ईन्जिनियर पन्थ , अर्का ईन्जिनियरद्धय प्रकाश न्यौपाने र हिराबहादुर भलामी लगायतलाई सम्मान गरिएको थियो ।

नगरपालिका वडा नम्वर ९ उपल्लो तम्घासमा पनि एक महिना अघि २५ लाख रुपैयाँकै लागतमा भुमिगत जल खानेपानी योजना सम्पन्न गरि वडावासीको खानेपानी समस्या समधान गर्न सकिएको त्यस वडाका वडाध्यक्ष नारायण बरालले बताउनु भयो ।