वडा कार्यालयका पीयन १० हजार घूससहित पक्राउ


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका वडा नं. ९ वडा कार्यालय, गौशालाका (पीयन) कार्यालय सहयोगीलाई घूससहित पक्राउ गरेको छ । कार्यालयमा तेस्रो तहमा कार्यरत गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक १० हजार घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ ।