काठमाडौं ।
सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बुधवार खुमलटारमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराएका हुन् ।
सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिलाहरु नेकपा प्रवेश गरेका छन् । नेकपा प्रवेश गर्नेमा प्रदेश नं २ को काङ्ग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साह, नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य कविता थापा सोडारी, नेपाली काँग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मीलगायत छन् ।
उनीहरुलाई नेकपामा स्वागत गर्दै अध्यक्ष दाहालले सामाजिक परिचालकको रोजगारीको सुरक्षा र सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिलाउन पार्टीले पहल गर्ने बताए।
प्रतिक्रिया