अनुसन्धान सहज बनाउने भन्दै प्रहरीद्धारा घूस असुली


सञ्जय कार्की, रौतहट ।
सबारी दुर्घटनाका पीडक संग प्रहरीले अनधिकृत रकम लिने गरेको खुलेको छ । ट्रीपरको ठक्कर बाट एक महिलाको मृत्यु भएपछि प्रहरीले अनुसन्धानको नाममा ट्रीपरको धनी संघ अनधिकृत ( घूस ) रकम लिएको खुलेको हो ।

गत जेष्ठ ११ गते गरुडा बाट चन्द्रनिगाहपुर आउदै गरेको ना ७ ख ३८३७ नम्बरको ट्रीपरको ठक्कर बाट सकुन्तला पासवानको मृत्यु भएपछि प्रहरी हिरासतमा रहेका चालक सन्तोष राउत लाई अदालती प्रक्रिया सहज बनाईदिने भन्दै ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी हवल्दार परमेश्वर केशरीले ३० हजार घुस लिएको खुलेको हो ।

उक्त ट्रीपरले गरुडा नगरपालिका–६ कमलपट्टीमा ती महिला लाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । त्यसै दिन देखि ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका ट्रीपर चालक सन्तोष राउत लाई छुटाउन भन्दै चिया, चमेना खादै आएका प्रहरी हबल्दार केशरीले सरकारी वकिलको कार्यालयमा मुध्दाको फाईल बुझाउनु भन्दा पहिले ३० हजार नगद समेत लिई छाडेपछि यस्को रहश्य खुलेको हो । उनी माथिको अनुसन्धान सहज बनाउने र अदालत बाट मुक्त हुने बाताबरण बनाईदिने भन्दै प्रहरी हवल्दार केशरीले घुस लिएका हुन ।

प्रहरी हवल्दार केशरीले आफनो मोबाईल नम्बर ९८५५०९०९०२ बाट ट्रीपर संचालक अमरको ९८१३७६०९०० को मोबाईलमा एसएमएस गरेर ३० हजार लिएर आउनु भन्ने एसएमएस समेत गरेका छन । ईलाका प्रहरी कार्यालय गरुडाको मुध्दा फाँटमा प्रहरी हवल्दार केशरी कार्यरत रहेका छन ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक तुलसी अर्यालले यस सम्बन्धमा अनुसन्धान भैरहेको बताउनु भयो । तर घुस लिने प्रहरी हबल्दारले भने आफनो जागिर जोगाईदिन भन्दै दुर्घटनाका सबारी साधनका संचालक संग अनुनय बिनय गर्दै आएका छन ।