पूर्व प्रहरी नायव निरीक्षकविरुद्ध मुद्दा दायर


नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षकविरुद्ध विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । आयोगले सेवा प्रवेश गर्दा नक्कली शैक्षिण प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्साल विशेष व्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक (सई) सरोज केसीविरुद्ध मुद्धा दायर गरिएको हो । केसीले सहायक निरिक्षक (असई) बाट सेवा प्रवेश गर्दा माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइकम पास गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।