ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुईको मृत्यु


उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा ट्रिपरले किचेर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान १० बजे बसाहा– बेल्टार सडक खण्डमा पश्चिमतर्फ जाँदै गरेको बा २ क ७०९ नम्बरको रसुवा कन्ट्रक्सनको ट्रिपरले स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको हो ।

मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका ४ का ३६ वर्षीय खगेन्द्र राई र पछाडी सवार ३५ वर्षीय जीवन राई को घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । शव उठाउनसमेत दिएका छैनन् । स्थानीयले सडक अवरोध गरेका कारण बेलटारको सडकमा सवारी आवागमन ठप्प छ ।

ट्रिपरका चालक सरोज प्रजा भने त्यहाँबाट भागेर जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेको छन् ।