११ बर्षीय बालिकालाई आफ्नै बाबुले गरे बलात्कार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

झापा, आफ्नै छोरी बलात्कार गरेको आरोपमा शिवसताक्षी नगरपालिका झापा वडा नम्बर ७ ब्याङडाँडामा बस्ने ३८ वर्षीय बाबु पक्राउ परेका छन् ।

११ वर्षीय छोरीलाई करणी गर्ने बाबुलाई प्रहरीले तत्काल पक्राउ गरी अनुसन्धान थालेको छ।

असार १ गते दिउँसो १२ बजे काम सकेर बालिकाका बाबु खाना खान घर गएका थिए। उनी मजदुर हुन्। उनी अपराह्न ४ बजेसम्म घरमा थिए। त्यसपछि घर नजिकैको ब्याँङडाडा बजारको एउटा पसलमा गएर मदिरा पिएका थिए।

मदिरा पिएर उनी घरमा आए। त्यसै दिन साँझ ६ बजेतीर बाबुले छोरीलाई खेलाउँदै गर्दा करणी गरेको बालिकाकी आमाले बताइन् ।

घटनापछि छोरी चिच्याउन थालेको सुनेर आमा के भयो भन्दै छोरीसँग गएकी थिइन्। आमाले फकाउँदै बोकेपछि छोरी रुन छोडेकी थिइन्।

बालिकाकी आमाले प्रहरीमा भनिन्, ‘मैले त्यतिबेला पनि थाहा पाइनँ, रातभरि छोरी चिच्याउन थालेपछि मैले छोरीको यौनाङ्ग हेरें, छोरीमाथि करणी भएको रहेछ।’

घटनापछि प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको छ। प्रहरीका अनुसार बालिकाको यौनाङ्ग च्यातिएको छ।