दुधपोखरी घुम्न जाँदा लेक लागेर एक उद्योगीको मृत्यु


नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको दुधपोखरी धार्मिक स्थलमा घुम्न गएका एक उद्योगीको लेक लागेर मृत्यु भएको छ । बेसीशहर नगरपालिका– ८ सेराकुना निवाी ४२ वर्षीय दीपक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जना साथी मिलेर उक्त स्थानमा घुम्न गएकोमा उनलाई लेक लागेर विरामी परी फर्कने क्रमा मृत्यु भएको सँगै गएका साथी शिव रावलले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनु भयो । उहाँका अनुसार प्रहरीलाई खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरू उक्त स्थानतर्फ गएको थियो तर हिजो समय कम भएको र विकट स्थान र पानीसमेत परेका कारणले आजमात्र शब जिल्ला सदरमुकाम ल्याइएको हो । मृतक अधिकारीको पोष्टमार्टम गरी परिवारजनलाई बुझाउने काम भईरहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनु भयो ।

दिपक अधिकारीले तीन वर्षदेखि हुलाकी बेकरी साझेदारीमा सञ्चालन गर्दै आएका थिए । मृतक अधिकारीका श्रीमती, दुई छोरा र एक छोरा छन् । उता, श्रीमान्को निधन भएको खबरले मृतककी श्रीमती चन्द्रकला बेहोस हुनुभएको छ । उहाँको जिल्ला अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको हुलाकी बेकरीका अर्का सञ्चालक एवम् लमजुङ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले बताउनु भयो ।