एपीएफ टोलीद्वारा बेपत्ता युवाको शव फेला


मकवानपुर ।
जिल्लाको ईन्द्रसरोवर गाँउपालिका १ मार्खु स्थित ईन्द्रसरोवर तालमा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ । काठमाडौं महानगरपालिका २९ बस्ने २४ वर्षीय सौराज भेटवाल सोमबार जेभियर्स ईन्टरनेशनल कलेज काठमाडौंबाट शैक्षिक भ्रमणमा गएका बेला सो तालमा डुवेर बेपत्ता भएका थिए ।

उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कामाण्डमा गोताखोरसहितको एपीएफ टोली तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट एपीएफ टोली खटिएको थियो ।
एपीएफ टोलीले मंगलबार भेटवालको शव सोही तालमा डुबेको अवस्थामा फेला पारेको हो ।