काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जहाँ जुनसुकै षेत्रमा पनि निहु मात्र खोज्ने बताउनुभएको छ । ओलीले संसदमा असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोपसमेत लगाउनुभयो ।

मङगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसको पछिल्लो व्यवहार आश्चार्यजनक भएको बताउनुभयो । उहाँले आफुलाई संसदमा बोल्न नदिन काँग्रेसका नेता तथा सभापति शेरबहादुर देउवा नै वेल घेर्न गएकोमा आश्चार्य लागेको बताए ।

परिवर्तनकारी शक्तिहरु नमिल्दा र प्रतिकृयावादी शक्तिसँग मिलेकाले नै २००७ सात सालपछि संविधान बन्न लामो समय लागेको भन्दै प्रधानमन्त्री ओलीले २०१७ को घटना भएको स्मरण गराए । लोकतान्त्रिक आवरणभित्र प्रतिकृयावदी र प्रतिगामी र संकिर्णवादी चरित्र रहेको प्रधानमन्त्रीको भनाई छ ।