गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबाव भएपछि भूमि व्यवस्थामन्त्री पद्माकमारी अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको हो ।

सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिनुभयो । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो ।