गुठी विधेयकको पक्षमा मेलम्चीमा दबाब -याली


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
गुठी बिधेयकले संसदमा हंगामा मच्चिरहेकाबेला सिन्धुपाल्चोकका गुठीपीडितहरुले विधेयक पारित गर्नका लागि मेलम्चीमा दबाब ¥याली निकालेका छन् । जिल्ला भूमी अधिकार मञ्चले मंगलबार मेलम्ची बजारमा निकालेको ¥यालीमा हेलम्बु, फटकशिला, ईन्द्रावती लगायत आसपासका पाँच सय बढि गुठी पीडित स्थानीयहरु सहभागी थिए ।

‘गुठी बिधेयक पारीत गर,गुठी पीडित किसानमाथीको शोषण अन्त्य गर’, भन्दै गुठी पीडित स्थानीय मेलम्चीको सडकमा निस्किए । मेलम्ची बजारमा ¥यालीपछि आयोजित कोणसभामा पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद सरेश नेपाल, राष्ट्रिय भूमी अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बा, उच्चस्तरीय बैज्ञानिक भूमी सुधार आयोगका सदस्य सोमप्रसाद भण्डारी लगायतले सम्बोधन गर्नुभयो ।

गुठी बिधेयक गरीब किसानका पक्षमा ल्याइएको भन्दै जसरी पनि पारीत गर्नुपर्नेमा पूर्व मन्त्री शेरबहादुर ताममाङले जोड दिनुभयो । भू माफियाहरुलाई परास्त गर्नका लागि पनि बिधेयक पारीत गर्नुपर्ने उहाँले बताउनुभयो । ‘भू माफियाहरुले भ्रम छर्दैछन्, नेवार समुदायलाई भ्रममा पारिँदैछ’, तामाङले भन्नुभयो,–‘कांगे्रस भू माफियाहरुकै पछि पछि हिँड्दैछ ।’

गुठी बिधेयक भूमीहिन जनताको पक्षमा ल्याइएको भएपनि पुरातन बिचार बोकेका तत्वहरुलाई नयाँ व्यवस्था पचाउन समस्या भइरहेको प्रदेश सांसद सरेश नेपालले बताउनुभयो । ‘कानुन बनाएर गुठीलाई व्यवस्थित गर्नखोज्दा एकाथरी मान्छेहरु धार्मीक आस्था भड्काउन खोजिरहेका छन्,’, उहाँले भन्नुभयो, –‘धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् ।’ भू माफियाहरुले बिधेयकको बिरोध गरि जनतामा भ्रम सिर्जना गरिरहेको उहाँले बताउनुभयो ।‘केहि तत्वहरु भ्रम फैलाउँदै छन्’, उहाँले भन्नुभयो’, ‘किसानले अधिकार पाउँदैन भने हामी अन्तराष्ट्रिय अदालत जानेछौं ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमी अधिकार मञ्चकी अध्यक्ष सरस्वती सुब्बाले केहि मानिसहरुले गुठी बिधेयकका विषयलाई लिएर धमिलो पानीमा माछा मार्न खोजिरहेको बताउनुभयो ।