काँग्रेस सांसदद्धारा संसद अवरुद्ध, प्रधानमन्त्री ओलीले विशेष पत्रकार सम्मेलन गर्दै


नेपाल समाचारपत्र, काठमाडौँ ।
काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने हुनुभएको हो ।

प्रधानमन्त्रीले विभिन्न विधेयकहरुमा देखिएको विवादबारे आज संसदलाई जानकारी गराउन समय लिनुभएको थियो । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता हुनुभएको हो ।