कपिलवस्तुमा पौडी खेल्ने क्रममा ३ युवाको डुबेर मृत्यु


यमलाल भुसाल, बुटवल ।
कपिलवस्तुको सुरई खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको छ ।
जिल्लाको पश्चिम क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउपालिकाको वडा नम्वर ६ का ३ युवाको मंगलवार दिउसो डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन ।

स्थानीयका अनुसारका गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुसाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन । तीनै जना १८ वर्षदेखि २२ वर्षका रहेको भर्खरै घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।