कर्णाली नदीमा जीप खस्यो, जीपमा सवार सबै बेपत्ता


अर्जुन बोहरा, हुम्ला ।
कर्णाली नदीमा जीप खसेको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बर महेन्द« पीकअप गाडि मंगलबार कर्णाली नदीमा जीप खसेको हो ।

बेणुबिसौना र कैलेबालुको बीचखण्डबाट कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित ८ जना बेपता भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो ।

अन्य गाडि ड्राईभर मणि शाहीसहित चन्द« हमाल, बसन्ती शाही, नन्द देबी सिंहलगायतका बेपत्ता भएको प्रहरीले जनाएको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँ बाट आज अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो।

गाडिमा कति यात्रु सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन । बेपत्ताहरुको नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी बल र स्थानीयको प्रयासमा उद्धार भईरहेको छ । तर गाडि नदीमा पुरै डुबिसकेकाले कुन ठाउँमा गाडि छ भन्ने थाहा लगाउन कठिन भईरहेको प्रहरीले जनाएकाे छ ।

सिमकोट विमानस्थलबाटै फिस्टेल एयरको हेलिकोप्टरबाट घटनास्थलमा सुरक्षा निकाया पुगिसेकका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।