गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

लामो युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने जुनसुकै कुरा जानेर वा नजानेर परेको रहेछ भने त्यस्लाई सच्याइने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’

हालसालै सरकारले अघि सारेको गुठी विधेयक सच्चाइनुपर्ने माग राख्दै सडकमा पर्दशन भइरहेको छ ।