सुरक्षित पर्यटकीय नगरीका रुपमा बुटवललाई विकास गर्नु पर्नेमा जोड

0
Shares

यमलाल भुसाल, बुटवल ।
सुरक्षित पर्यटकीय नगरीका रुपमा बुटवललाई विकास गर्नु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिनु भएको छ ।

प्रदेश पाँचको अस्थायी राजधानी रहेको बुटवलमा शान्ति सुरक्षाको राम्रो व्यवस्था रहेको छ भन्ने शन्देश दिन जरुरी रहेको पनि कार्यक्रमका वक्ताहरुले औल्याएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले ईलाका प्रहरी कार्यालय बुटवलमा शरुवा भै आउनु भएका प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईको शनिवार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा वोल्ने वक्ताहरुले व्यवसायी र प्रहरी प्रशासन बीचको सहकार्यले यस क्षेत्रको शान्ति सुरक्षा सफल वनाउन सकिने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले व्यवसायीहरुले कानुनको पालना गरि पेशा व्यवसाय संचालन गरेमा समस्या नआउने बताउनु भयो ।
प्रनाउ भट्रराईले व्यवसायीलाई हतोत्साहीत बनाउने गरी प्रहरी प्रशासन परिचालन नहुने बताउदै व्यवसायीले आगन्तुकहरुको परिचय खुल्ने गरी ईन्टी गरेर मात्र आवासको व्यवस्था मिलाउनु् आह्वान गर्नु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बुटवललाई सुन्दर शहरका रुपमा विकास गर्न रात्रीकालिन समयमा पनि व्यवसाय खुल्ला गर्ने वातावरण मिलाउन माग गर्नु भयो ।

उहाँले प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई मुलुक भरी नै शान्ति सुरक्षाको राम्रो प्रवन्ध भएको शहरका रुपमा चिनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवन प्रसाद श्रेष्ठ, सल्लाहकार कुलचन्द पाण्डे, प्रेस सल्लाहकार यमलाल भुसाल, देवदह उपशाखाका संयोजक टंक प्रसाद पोखरेल, महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीले गरेको लगानीको सुरक्षाका लागि बुटवल क्षेत्रमा रातीको समयलाई १२ वजे सम्म व्यवसाय खुल्ला रहने व्यवस्था मिलाउनु जरुरी रहेको धारणा राख्नु भएको थियो ।