डोजर लगाएर हटाईएका परिवारद्धारा वैकल्पीक व्यवस्थाको माग गदै अनशनमा

0
Shares

यमलाल भुसाल, बुटवल ।
श्री ३ बडामहारानीको जग्गामा विगत ४८ वर्षदेखि वस्दै आएका बासिन्दालाई बुटवल उपमहानगरपालिकाले डोजर लगाएर हटायपछि घरवार विहिन हुन पुगेकाहरु अनशनमा वसेका छन ।

संघर्ष समिति बुटवल १ को आयोजनामा विरोध तथा अनशन कार्यक्रम शनिवार देखि शुरु गरेका छन ।

बुटवल उपमहानगरपालिका वडा नंं. १ स्थित जामे मस्जिद अगाडिको जग्गा तत्कालीन श्री ३ बडामहारानीको जग्गामा बसिरहेका १६परिवारकालाई उपमहानगरले हटाउन विहिवार डोजर लगाएको हो ।

प्रहरी , नगरपालिकाका सुरक्षा कर्मी ,कर्मचारी र जनप्रतिनिधीको उपस्थितीमा घरमा डोजर लगाउदा स्थानियमा रुवावासी मच्चिएको थियो ।

बुटवल उपमहानगरपालिका वडा नंं. १ स्थित साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि आफूहरु बस्दै आएको भन्दै १६ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपूर्जां) दिन माग गरेका थिए ।

नगरपालिकाले वैकल्पीक व्यवस्था गर्न माग गदै पीडित परिवारले अनशन शुरु गरेको संघर्ष समितिका संयोजक हरि विश्वकर्माले बताउनु भयो ।

उपमहानगरले गत बैशाख २५ गते ३५ दिने सूचना टांस गरी जग्गा खाली गर्न भनेपछि उनीहरुले वर्षौंदेखि बसोबास गरेका आधारमा सोही ठाउंमा बस्न पाउनुपर्ने र सरकारले लालपुर्जा दिनुपर्ने माग अघि सारेका हुन् ।

विहिवार नगरपालिकाले सुचना जारी गरेको ३६औ दिन पुगेको र उक्त जग्गामा वसेकाले खाली नगरेकाले डोजर लगाउनु परेको वडा अध्यक्ष महेन्द्र लिगले बताउनु भयो ।