प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्यो


पुष्पा थापा, बागमती ।
सर्लाहीका विद्यार्थीहरु पछिल्लो समय प्राविधिक शिक्षा तर्फ आक्रर्षित भएका छन। गाउँगाउमा प्राविधिक विधालय स्थापना भएपछि उनीहरुको आक्रषण प्राविधिक शिक्षा तर्फ बढेको हो । प्रविधिक विषय पढाइ हुने विधालय गाउँघरमा नै स्थापना भएपछि पढनका लागि अब घर बाहिर जानुपर्ने समस्या टरेको बागमती—५मा रहेको जनजागरण मावि शंकरपुरका विधालय ब्यवस्थापन समितिका अध्यक्ष देवीबहादुर खड्का बताउनुभयो। त्यस विधालयमा अहिले २७ जना विधाथीले पशु प्रविधि तर्फ अध्यन गरिरहेका छन।

गत वर्ष करिव दुइ महिना ढिलो गरि अनुमति पाएकाले कोटा अनुसारको विधार्थी नपुगेको विधालयका प्रधानध्यापक बद्री प्रसाद पोख्रेलले बताउनुभयो। प्रविधिक विषय पढन अब सातुसामल बोकाएर शहर जानुपर्ने बाध्यता टरेको बागमती नगरपालिका ५ वडाध्यक्ष मानबहादुर तामाङ्ले बताउनुभयो। घर नजिकै प्रविधि विषयको पढाइ हुन थालेपछि अन्य विषय पढन छोडेर भेटेनरी जेटिय पढन आफु आएको वरहथवाका राजु दाशले बताउनुभयो।

पढाइ सकिएपछि वेरोजगार बस्नु नपर्ने र चाँडैनै जागिर पाउने आसमा विधार्थीहरुले प्रविधिक विषयलाइ रोजेका हुन। अहिले कम आयस्रोत भएका विधार्थीले पनि धमाधम प्रविधिक विषय पढि रहेको शिक्षक जवहारलाल कुशवाहाले बताउनुभयो। कुशवाहा भन्नुहुन्छ— पहिला पहिला यसरी प्रविधिक विषय पढन लाखौ रूपैया खर्च हुन्थियो,अहिले दूइ लाख ९० हजारमा पढन पाइन्छ, त्यो पनि किस्तामा शुल्क तिर्दा त झनै सजिलो भएको छ ।

प्रविधिक विषय रोजगारमुलक शिक्षा भएकाले अविभावकहरूको समेत यसमा रोजाइमा पर्न थालेको छ। बागमती नगरपालिका भित्र मात्र अहिले तीन वटा विधालयमा प्रविधिक तर्फको पढाइ हुने विधालय स्थापना भएका छन। जनता मावि राजघाट सोल्ठीमा अहिले पहिलो वषमा ३४ जना विधाथीले कृषि प्रविधिक तर्फ अध्यन गरी रहेका छन।

उनीहरु दोश्रो बर्षको लागि तयारी गरिहेका छन। सर्लाहीको राजघाट कृषि क्षेत्र भएकाले पनि यो विषय छनौटमा परेकोे प्रधानध्यापक ज्ञानकुमार महतोले बताउनुभयो। महतोले भन्नुभयो—’पहिलो वर्ष राम्रोसँग चलायौ अब,दोश्रो बर्षका लागि कम्तिमा दुइ जना शिक्षक थप्ने तयारी हुदैछ, विधाथीहरुको आक्रषण निकै बढेको छ। अहिले जिल्लाका एक दर्जन हाराहारीका सामुदायिक विद्यालयले प्रविधिक विषय तर्फका पढाइ रहेका छन ।