खप्तडमा सेनाको निःशुल्क शिविर, आठ सय बढीको उपचार


विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको प्रमुख पर्यटकिए स्थल खप्तडमा लागेको गंङ्गा दशहरामेलामा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य सिबिरमा कम्तिमापनि आठ सय भन्दा बढीको उपचार भएको छ । खप्तडमा तैनाथ रेहको श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले उक्त निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको थियो । गंङ्गा दशहरामेला भर्ना आएका हजारौ दर्शकहरुलाई लक्षितगरी सेनाले उक्त सिबिरको आयोजना गरेको सुदूरपश्चिम पृतन मुख्यालय दिपायल राजपुर व्यारेकले जनाएको छ ।

उक्त सिबिरमा ८०० जना भन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरिनुका साथै निःशुल्क रुपमा औषधी बितरण गरिएको श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले जनाएको छ ।उक्त सिबिरमा नाक,कान,घाटी,ज्वोरो लगायतका बिरामीहरुको संख्या बढी भएको निःशुल्क सिबिर आयोजकले जनाएको छ । नेपाली सेनाले सुदूरपश्चिमका आफनै लागतमा समय समयमा निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गर्नुका साथै औषधी समेत निःशुल्क रुपमा बितरण गर्दै आएको छ ।

सेनाले सञ्चालन गरेको उक्त निःशुल्क स्वास्थ्य सिबिरबाट सयौँ नागरिकले सेवा तथा औषधी पाएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड जस्तो ठाउमा सेनाले निःशुल्क सिबिर सञ्चालन गरेकाले सयौँ स्थानिय तथा बिरामीले निःशुल्क औषधी तथा सेवा पाए यो भन्दा राम्रो कार्य अरु के होला र ?” उक्त स्वास्थ्य सिबिरमा उपचार तथा निःशुल्क रुपमा औषधी पाएपछि मेला भर्ना आएका स्थानियहरुले सेनालाई धन्नेबाद समेत दिएका छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकिए स्थल खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीको दिन उक्त गंङ्गा दशहरामेला लाग्ने गर्दछ ।

उक्त मेलमा भर्नाकालागि सुदूरपश्चिम सहित देशका बिभिन्न ठाउबाट भक्तजन तथा पर्यटकहरु मेला भर्न आउने गर्दछन् । मेलामा आएका हरुलाई बस्न,खान लागयत अन्य कुनै समस्या नहोस भन्दै त्यहाँ रहेका सैनिकहरुले टेण्ट,पालको व्यवस्था गर्दै आएका छन् भने मेलामा आएकाहरुकालागि वर्षेनी निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गर्दै आएका छन् । यो वर्षको मेलामा झण्डै २० हजार भन्दा बढी तीर्थालु तथा पर्यटकहरु खप्तड आएको डोटी उद्योग बाणिज्य संघको अनुमान रहेको छ ।

खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्दछ । डोटी उद्योग बाणिज्य संघले यो वर्ष खप्तडमा खुला पूरुष भलिवल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको डेउडा प्रतियोगिता आयोजना गरेको थियो । भु स्वर्गका रुपमा समेत बर्णन गरिएको खप्तड एक प्रकृतिको अनुपम उपहार हो ।

जहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसावले मात्रै होईन पर्यटकिय हिसावले पनि यसको महत्व धेरै भएको स्थानीय जानकारहरु बताउछन् । खप्तडमा २२ पाटन र ५२ झोती रहेको खप्तडमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन, जस्ता धार्मिक स्थलहरुले पर्यटकका लागी आर्कषकका केन्द्र बिन्दु मानिन्छन् ।

पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ ।

फोटो क्याप्सन ः सुदूरपश्चिमको प्रमुख पर्यटकिए स्थल खप्तडमा नेपाली सेनाको श्री गुरु गोरख गुल्म खप्तड ब्यारेकले आयोजना गरेको निःशुल्क स्वास्थ्य सिबिरमा स्वास्थ्य जाँच गराउदै मेला भर्ना आएकाहरु ।