जनप्रतिनिधि निजी मोटरसाईकलमै सरर !


सलिम अन्सारी, प्युठान ।
जिल्लाका स्थानीयतहका धेरैजसो प्रमुख उपप्रमुख ३५ देखि ५५ लाख सम्मका गाडीमा शयर हुन्छन्। वडा अध्यक्षहरुलाई मोटरसाईकल सुविधा छ । सरकारी खर्चमा किनेका गाडिमा ईन्धन चालक र मर्मत खर्च छुट्टै हुन्छ ।

नागरिक स्तरबाट यस्को बिरोध पनि भईरहेको छ। तर यस्ता पनि जनप्रतिनीधि छन् जो आफ्नो सुविधा नलिएर जनताको सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दे आएका छन् । प्यूठानका दुई स्थानीयतहका वडा अध्यक्षहरुले मोटरसाईकल सुविधा पाएर पनि प्रयोग गरेका छैनन् ।

सरुमारानी गाउपालिका – ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले चुनाव जिते देखिनै सरकारी सुविधा लिनुभएको छैन । आफ्नै निजि मोटरसाईकल भएकाले गाउँपालिकाले दिएको सुविधा नलिएको बताउनुभयो ।

उहाँले निजि मोटरसाईकल मार्फत आउ–जाउ गरी वडाका कामकारवाही तथा कार्यसम्पादन गर्दै आउनुभएको छ । ‘म मेरै निजी बाईकमै हिँड्ने गरेको छु, ।’

वडा अध्यक्ष सोमैले भन्नुभयो, ‘आफुसंगै बाईक भएपछी वडा तथा पालिकालाई किन आर्थिक भार पार्ने ।’ सुरु देखि नै वडाका कामहरुमा, अनुगमनमा नीजि बाईक नै प्रयोग गरिरहेको उहाले बताउनुभयो। ‘जनप्रतिनिधिहरु आफ्नो सुविधामा भन्दा जनताको सुविधामा नै बढी ध्यान दिनुपर्दछ ।’

सोमैले भन्नुभयो । सोमै मात्रै होईन प्यूठान नगरपालिका ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले पनि सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गर्नुभएको छैन । आफुसंगै मोटरसाईकल भएकोले नगरपालिकाले सुविधा दिएपनि नलिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो। ‘अनावस्यक फजुल खर्च किन गर्ने ।’

राजभण्डारीेले भन्नुभयो, ‘बाईक किन्ने पैसाले जनताको पक्षमा थोरै भएपनि काम गर्न सकिन्छ ।’ वडा अध्यक्षका लागि नभएर वडाका कर्मचारी तथा कामकारवाहीको लागि मोटरसाईकल आवस्यक भएको राजभण्डारीले बताउनुभयो । सोमै र भण्डारी तत्कालिन एमालेबाट वडाअध्यक्षमा निर्वा्चित हुनुभएको थियो। भौगोलिक विकटताका कारण मल्लरानी वडा नं. १ का वडा अध्यक्ष चिन्त बहादुर राहुुमगर भने बाईक सुविधाबाट बञ्चित् हुनुभएको छ । ‘मेरो वडामा त बाईक जाने बाटै छ्रैन् ।’ राहुमगरले भन्नुभयो, ‘अन्य वडाका साथिहरुले भने बाईक सुबिधा लिनुभएकै छ ।’