पोखरामा दोस्रो ठूलो खानेपानी सुधार विस्तार शिलान्यास


पोखरा ।
राष्ट्रिय आयोजना अन्तर्गत मेलम्ची पछिकै दोश्रो ठूलो खानेपानी पोखरा खानेपानी सुधार विस्तार आयोजना बन्ने भएको छ । नेपाल सरकारको ॠण लगानी र जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानद्वारा संचालन हुने पोखरा खानेपानी सुधार विस्तार आयोजना अन्तरगत मर्दी मुहानबाट उत्पादन हुने पानी प्रशोधन केन्द्रको निर्माणमा २० हजार घनमिटर क्षमताको पानी पोखरी निर्माणको मंगलवार खानेपानी मन्त्री विना मगरले एक कार्यक्रमका बिच शिलान्यास समेत गर्नु भएको छ ।

खानेपानी मन्त्रालयको उपत्यका बाहिर हुनलागेको पहिलो ठूलो आयोजना हो । आयोजनाले पोखरा महानगरपालिका भित्रका साढे ४ लाख जनसंख्याले दैनिक उपभोग गर्न पाउनेछन । तर निर्माण गर्न लागिएको आयोजनाले प्रत्येक सेवा ग्राहीको घरमा पुग्ने होकि होइन भन्ने प्रश्न भने आम पोखरेलीको मनमा देखिएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । ू प्रशोधित पानी जनताको मौलिक हकमा समेत राज्यले इङित गरेको छ, यो सरकारको चासो र चिन्ताको विषय होू मन्त्री मगरले भन्नुभयो । राज्यले कुनै ठाउँमा झाडापखाला , हैजा वा माहामारी लाग्दा औषधि लिएर जाने काम गर्छ तर त्यस्को मुख्य जरो खानेपानीको समस्या समाधान तर्फ लागेको छैन यस्को लागि मन्त्रालय लागि परेको छू उहाँले भन्नुभयो । पोखराको आयोजना प्रती बढी आशावादी रहेको बताउदै, पहुँचवाला सर्वसाधारणले मात्र योजना लान सकेको दुखेसो पोख्नुभयो ।

सरकारले फरक ढंगले स्थानिय सरकारको पहलमा व्यवस्थित योजना बनाएर अघि बढेको र पहुँचवालाको अन्त्य गर्न खानेपानी संस्थान लागीपरेको धारणा व्यक्त गर्नुभयो । प्रत्येक्ष प्रदेश सरकार र स्थानिय सरकारको सहयोगमा भौगोलिक क्षेत्रको बस्तुगत अध्ययन गरि खानपानीको सम्भाव्यता अध्ययन गरि, कुन सरकारलाइ दिने छनौट गरेर योजना बद्व तरिकाले जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष ७६(७७ मा ९२५ आधारभूत खानेपानीको आपुर्ती गर्ने राज्यको लक्ष्य रहेको बताउदै अन्तर्राष्ट्रिय समझौता अनुसार सन २०३० सम्ममा प्रशोधित पानीको सुनिश्चितता गर्ने योजनाको लागि पोखराको योजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । सोहि क्रममा बोल्दै पोखरा महानगर प्रमुख मानबहादुर जिसिले ठूलो योजना आए पनि नगरबाशीको घरमा पानी पुग्ने हो कि होइन भन्ने संका उत्पन्न भएको बताउनु भयो । जिसि भन्नू हुन्छ ू खानेपानी मुहान देखि चुहान सम्म पाइप बाट सिधै जान्छ, योजना सङ्गै वितरण लाइनलाई समेत व्यवस्थापन गर्नुपर्छू ( यश विषयमा महानगरलाइ जिम्मा दिनुस हामी पूरा गर्छौू जिसिले भन्नुभयो । कास्की काङ्ग्रेस सभापतिले पोखराको लागि खुसीको कुरा रहेको बताउदै सबैले स्वागत गर्नुपर्ने बताउनु भयो ।

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा। भुपेन्द्र प्रसादले बताउनुभयो ।
दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने महा प्रबन्धक भुपेन्द्रले जानकारी दिनुभयो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण हुने छ । जस्का लागि पोखराको पस्र्याङ, फूलबारी र मालेपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो । सम्भाव्यता अध्ययनको १५ वर्ष पछि योजना निर्माण हुने देखिएको छ । तर पोखरा खानेपानी योजना पनि मेलम्चीको जस्तै हुने हो कि भन्ने देखिन्छ । आम पोखरावाशीले अहिले सम्म प्रशोधित खानेपानी उपभोग गर्न पाएका छैनन । पोखराको हरेक धारामा अहिले धमिलो, हिलो र लेउ पानी आउने गरेको पाइन्छ । यति मात्र होइन अधिकाम्स क्षेत्रमा धारामा पानी समेत आउदैन । यो योजना आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । योजना सकिए लगत्तै महानगरवासीले प्रशोधित पानी प्रयोग गर्न पाउने छन ।