नेहा कक्करको कार्यक्रम विवादमा, आयोजक दिपक घिमिरेसहित ३ जना पक्राउ


काठमाडाैँ ।
शनिवार ठमेल स्थीत एलओडी (लर्ड अफ ड्रिङ्गस) मा पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको चर्चित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा परेको छ । कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए ।

२५ सय दर्शक क्षमताको क्लबमा आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादमा परेको हो । कन्सर्टका लागि २,५०० इन्ट्री फि देखी टेवल वुक गर्दा २,५०,००० सम्मको रेट राखिएको थियो । कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक ब्यक्तीलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् । सञ्चालकसँग र पीडक पक्षबीच टिकट बराबरको पैसा फिर्ता गराउने बारे छलफल भइरहेको बुझिएको छ । छलफलबाट निकास ननिस्किए मुलुकी अपराध संहिताको ठगी कसुर अन्तरगत पक्राउ परेकामाथि कारबाही हुनेछ ।

आयोजकमध्येका दीपक घिमिरे विवादित व्यक्ति हुन् । उनले सौन्दर्य प्रतियोगिताको नाममा आफ्नो धन्दा चलाउने गरेको आरोप लाग्दै आएको छ ।