बस र ट्याङ्कर ठोक्किए, १८ जना घाइते


काठमाडौँ ।
चितवनमा ट्याङकर र बस ठोक्किँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ जादै गरेको ना १ क ६४११ नम्बर को ट्याङकर र गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख १४०४७ नम्बर को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बहिान एकआपसमा ठोक्किएका हनु् ।

घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोहि पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।