सरुवा भएको ठाउँमा जान नमान्दा गौर नगरपालिकाका कार्यकारी अधिकृत निलम्वित


नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले सरुवा गरेको स्थानमा जान अटेरी गरेको भन्दै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई निलम्बन गरेको छ । कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई महीनाका लागि निलम्बन गरेको हो ।

जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको स्रोतले जनाएको छ ।