हुम्लामा पनि औलो रोग देखियो, महाशाखाद्धारा रोकथामको प्रयास


अर्जुन बोहरा, हुम्ला ।
तराईका जिल्लामा देखापर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा देखीएको छ । गएको बर्षमा हिमाली जिल्ला मुगु बाजुर र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक सता हुम्लाका दक्षिण ताँजकोट, अदनचुली, सर्केगाढ लगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखापरेको जनाएको छ ।

महाशाखा बाट हुम्ला जिल्लामा खटिनु भएका चिकित्सक अरुन प्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखापर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीहरुमा देखापरेको बताउनु भयो । हिमाली जिल्लाहरुमा तापक्रम बढेपछि हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोगका विरामीका लक्षण देखापरेको बताएका छन । हुम्लाका केहि गाउँमा औलोका बिरामी देखिएपछि महाशाखाले यस क्षेत्रका र्गर्भवती महिलाहरु लाई निःशुल्क झुल र औषधी समेत वितरण गरिएको महाँशाँखाका चौधरीले बताए ।

औलो रोग नेपाल सरकारले सन २०२५ साल सम्म औलो रोग निवारण गर्ने अभियान संचालन गरेता पनि हिमाली जिल्लामा यो रोगका विरामी देखा परेका छन । नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनियात पनि हुम्ला बाजुरा र मुगुमा यो रोग देखा परेको महाँशाँखाले खुलासा गरेको छ । त्यसैगरी महाशाखाले औलोलाई दुईभागमा विभाजन गरेको छ ।

एउटा आयातित औलो जुन छिमेकी जिल्लाहरु बट फर्किँदा मानिसहरुमा देखा परेको छ ,भने अर्को स्थानीयस्तरमा नै देखापर्ने गरेको महाँशाखाले जानकारी गराएको छ । हुम्लामा देखापरेको औलौ स्थानीयस्तरको रोग रहेको बताएका छन । जिल्लामा देखापरेको औलो सामान्य असर गर्ने खाले भएकाले अहिलेसम्म ठूलो असर नपुगेको जिल्ला जनस्वाथ्य कार्यलयका प्रमुख तुल्सी अधिकारीले बताए । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने चिकित्सकहरु बताउँछन् ।

संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा लामखुट्टेले आफनो र्यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर्याइदिन्छ । हुम्लामागएको वर्ष देखि औलो रोगका विरामीको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको हो। हुम्लाको समुन्द्री सतह देखि ४ हजार देखि ५ हजार फिट उचाई रहेको जिल्लामा पनि औलो रोग देखा पर्न थालेको छ। हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्ष देखि ग्रामिण क्षेत्रमा रहेका स्वाथ्य चौकीहरुमा औलो रोगी देखापरेका बताए।

शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ। गाउँमा औलो रोग फैलिएकाले औषधी र स्वास्थ्यकर्मीको अभाव देखिएको छ। कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको स्थानीयवासी ताँजकोट गाउँपालिका ५ का औलो बिरामी किशोर बुढाले बताए। औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधीको अभाव हुन नदिन जिल्ला स्वास्थय कार्यालय हुम्लाले पहल गरेको छ।