राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाको प्रश्नः शिक्षण जागिर कि जिम्मेवारी ?


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सामुदायिक विद्यालयका शैक्षिक गूणस्तर सुधारमा शिक्षकहरुकै भूमिका महत्वपुर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन शिक्षकहरुलाई सुझाउनुभएको छ ।

शुक्रबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उहाँले शिक्षकहरुले पेशालाई जागिरका रुपमा मात्र बुझ्दा सामुदायिक विद्यालयको शैक्षिक स्तर उठ्न नसकेको बताउनुभयो ।‘शिक्षण पेशा जागीर मात्रै हैन, महत्वपूर्ण सामाजिक जिम्मेवारी हो’, उहाँले भन्नुभयो । सामुदायिक विद्यालयका शिक्षकहरुमा ‘राम्रो नगरेपनि जागीर जाँदैन’ भन्ने मानसिकताले घर गरिरहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयको स्तर नउठ्नुमा बिद्यार्थी स्वयं पनि एउटा कारक हुने भन्दै अभिभावकहरुको भुमिका पनि कमजोर भइरहेको उहाँले बताउनुभयो । पढन्े विद्यार्थी, पढाउने शिक्षक र पढ्न पठाउने अभिभावकले आ आफ्नो दायित्व पुरा गरेमा सामुदायिक विद्यालयहरु अब्बल बन्नेमा उहाँले बिश्वास ब्यक्त गर्नुभयो । ‘बिद्यार्थी स्वयंले पढाईमा ध्यान दिनुप¥यो, अभिभावकले उसको पढाइप्रति चासो राख्नुप¥यो’। अध्यक्ष तिमल्सिनाले शिक्षकहरुलाई इंगित गर्दै भन्नुभयो, ‘तर शिक्षकहरुको भुमिका नै महत्वपूर्ण हुन्छ, दायित्व पुरा गर्न कन्जुस्याँइ नगर्नुस् ।’ शिक्षा क्षेत्रमा राज्यको ध्यान नपुगेको चर्चा चलिरहेको भन्दै राज्यको कुनै लगानी र ध्यान विना नै नीजि विद्यालयहरुले राम्रो नतिजा हाँसिल गरिरहेको उहाँले उदाहरण दिनुभयो । ‘राज्यले ध्यान दिएन भन्छौं, बजेट कम भो भन्छौं’,

तिमल्सिनाले भन्नुभयो, ‘ न राज्यको बजेट न ध्यान छ, तर नीजि विद्यालयहरु राम्रो नतिजा ल्याउँछन् त ?’
प्रतिष्पर्धामा श्रेष्ठता हाँसिल गर्नु नै गूणस्तरीय शिक्षा भएको भन्दै उहाँले छोराछोरीका रुची अनुसार शिक्षा दिलाउन आम अभिभावकलाई सुझाउनुभयो । ‘अभिभावकको ईच्छाअनुसार एउटा विद्यार्थीले पढिदिनुपर्छ, आफने रुची अनुसार हैन’, उहाँले भन्नुभयो, ‘अनि कसरी त्यो विद्यार्थीले प्रतिष्पर्धामा श्रेष्ठता हाँसिल गर्न सक्छ ?’ शैक्षिक संस्थाहरु बेरोजगार जनशक्ति उत्पादन केन्द्र बनिरहेको भन्दै उहाँले रोजगारमुखी शिक्षाका लागि व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।