पाँचथर आगलागी: एक करोड ७१ लाखको क्षति


गणेश साम्पाङ, पाँचथर ।
पाँचथरको सदरमुकाम फिदिम बजारको मेन लाइनमा बिहीबार दिउँसो आग्लागी हुदाँ तीन वटा घर ८ वटा पसल जल्दा एक करोड ७१ लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दिउँसो साढे १ बजे आग्लागी हुदाँ इन्द्रकुमारी थापा मगर, बिनाकुमारी थापा मगर र साबित्रा योङहाङको घर पुर्ण क्षति भएको थियो । आग्लागीबाट ती घरको कोठामा भाडामा बसेका सिता योङहाङ,रणप्रसाद एक्तेन लिम्बु,इन्द्र जबेगु मगर भिम केरुङ,तारण्ीप्रसाद शाह, हरिप्रसाद भट्टराई,अमृता गुरुङ, र सुसरी भासीको पसलमा रहेको सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिल पौड्यालले बताउनु भयो ।

आगलागी पिडीतलाई नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखा,पाँचथर उद्योग बाणिज्य संघ फिदिम र फिदिम नगर पालिकाले खाद्यन्न र लगायतका राहत सामाग्री शुक्रबार बितरण गरेको पाँचथर उद्योग बाणिज्य संघका महासचिव नवराज घिमिरेले बताउनु भयो ।