लागूऔषधका कारोबारी बढे


नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिका–३१ प्रयाग मार्ग बस्ने रुपेश श्रेष्ठलाई लागूऔषध खैरो हिरोइन ६ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले रुपेशलाई सोही ठाउँबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–२० पूर्णचण्डीबाट ललितपुर, लुकुसी सुन्धारा बस्ने अनिल खड्गीसहित ५ जनालाई लागूऔषध नाइट्राभेट ३ सय २३ थान, नाइट्राभेट ३ एम्पुल र गाँजा ५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।