सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा अक्सिजन सिलिण्डर रित्तिदा मृत्यु


काठमाडौं ।
सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा अक्सिजन सिलिण्डर रित्तिएपछि एक जनाको ज्यान गएको छ । उनको शिखरभन्दा ५० मिटर तल भारतकी अञ्जली कुलकर्णीको मृत्यु भएको हो ।

उनी अक्सिजन रित्तिएपछि ढल्न पुग्दा उनका श्रीमान शरद कुलकर्णीले बचाउन प्रयास तरे तर बचाउन सकेनन् ।

उनका श्रीमानले उनको शवलाई छाड्न नसक्दा पनि उनका गाइड शेर्पाले लामो समय बसिरहे अक्सिजन सकिएर पतिको पनि ज्यान जाने बताएपछि उनी पत्नीको शव नाघेर चुचुरोतर्फ उक्लिएका थिए ।

मृतक अञ्जलीको शव निकालेर भारत पु¥याउन सात दिन लागेको थियो । गत जेठ १६ गते भारत पु¥याएर भोलिपल्ट अन्तिम संस्कार गरिसकिएको छ ।