१० लाख घूस खाने प्रहरी निरीक्षक अख्तियारको फन्दामा


काठमाडौँ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १० लाख रुपैँया घूस खाने प्रहरी निरीक्षक पक्राउ गरेको छ । आयोगले नक्कली चालक खडा गरेर केस मिलाउन रकम लिएको अभियोगमा इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई पक्राउ गरेको जनाएको छ ।

आयोगका अनुसार निरीक्षक जिसिले गत वैशाख ११ गते बोधराज पाण्डेयले चलाएको जीपले ठक्कर दिएर मोटरसाइकलको पछाडि बसेको एक महिलाको मृत्यु भएको थियो। महिलाको मृत्यु भएपछि पाण्डेयले १० लाख रुपैयाँ दिएर नक्कली चालक खडा गर्न अनुरोध गरेका थिए।

पैसाको लोभमा पाण्डेको ठाँउमा महतो थरका एक व्यक्तिलाई नक्कली चालक बनाएर उम्याएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।