अन्नपूर्ण आधार शिविर पुनः निर्माण शुरु


विजय नेपाली, पोखरा ।
गत फागुन महिनामा आएको हिमआँधीले पुर्ण रुपमा क्षति पुर्‍याएको अन्नपूर्ण आधार शिविर पुनः निर्माण कार्यले गति लिएको छ । फागुनमा आएको ठूलो हिम आधिको कारण आधार शिविरमा परेको क्षतिले आन्तरिक तथा वाह्य पर्यटकलाई निकै सास्ती खेप्न बाध्य बनाएको छ । घान्द्रुक हुँदै आधार शिविर सम्म पुग्ने पदयात्राको विभिन्न ठाउहरुमा समेत असर गरेको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासीहरु समेत जुटेको पाइन्छ ।

गत फागुनमा १० वर्ष यता ठूलो हिमआधि आएको थियो उक्त आधिको कार आधार शिविरमा रहेको चार होटल पुर्ण रुपमा क्षति पुगेको हो । आधिको कारण करिब ८ करोड भन्दा बढिको नोक्सानी भएको स्थानिय ललित गुरुङले जानकारि दिनुभयो । अकल्पनीय रूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको उहाले बताउनु भयो । हिमआँधीको कारण मानवीय क्षति भने हुन सकेन । गुरुङका अनुसार क्षतिग्रस्त संरचनालाई पूर्णरुपमा निर्माण गरी पूर्ववत् अवस्थामा ल्याउन करीब रु १२ करोड लाग्ने अनुमान रहेको बताउनु भयो । क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटकपटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन नसकेको गुरुङले बताउनु भयो ।

त्यस्तै अन्नपूर्ण अधार शिविरमा होटल प्याराडाइज संचालन गर्दै आउनुभएको तेज गुरुङले सरकार तथा एक्यापबाट कुनै पनि सहयोग नहुदा दुख लागेको बताउनु भयो । ू विपदले पुर्ण रुपमा क्षति पुराउदा समेत सरोकार वाला निकायको ध्यान पुगेनू तेज गुरुङले भन्नुभयो । उहाँ भन्नुहुन्छ (ूअफ सिजनको समयले गर्दा मानविय क्षति भने भएन , १० वर्ष यता ठुलि हिमपात भएको थियो , संचारको कारणले नै बच्न सफल भयौू । हिमपातको समयमा आधार शिविरमा १७ जना कर्मचारी रहेनुभएको थियो । उहाँहरुलाइ सिम्रीक एयर र प्रभु एयरको हेलिकप्टर द्वारा उद्वार गरिएको थियो ।

३ तीन सय पर्यटक बस्न सक्ने आधार शिविरमा अहिले मुस्किलले दस देखि १२ जना सम्म मात्र पर्यटक राख्न सकिने तेज गुरुङले बताउनु भयो । अन्नपूर्ण गेस्ट हाउसको डाइनिङ्ग रुमको केही भाग र एक कोठा मात्र सकुशल रहेको छ ।

आधार शिविरका होटल निर्माण गर्न करिव डेढ महिना लाग्ने स्थानीयहरुको अनुमान छ । अहिले आधार शिविर जाने पर्यटक बाँस बस्ने अवस्था छैन । आधार शिविर जानको लागि माछापुच्छ्रे आधार शिविर , पदमार्गमा पर्ने देउराली ,हिमालय, दोभान, बेम्बो लगायत क्षेत्रमा बस्न बाध्य भएका छन । पुनः निर्माणको लागि हेलिकप्टर बाट सामान ढुवानी गर्न नसक्दा भरिया मार्फत दुई दिन लगाएर सामान लान पर्ने अवस्था रहेको छ ।