गाउँमा सिंहदरबार होईन भ्रष्टाचार पुगेको छः काग्रेस नेता हुमागाँई


विमल विष्ट, डोटी ।
नेपाली काँगे्रसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । नेपाली काँग्रसको जागरण अभियानका क्रममा डोटीका सबै स्थानिय तहहरुमा पुग्नु भएका केन्द्रिय सदस्य हुमागाँइले आज बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा सो आरोप लगाउनु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले कार्यकर्ता मुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिसत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम हो ।” सोही कार्यक्रमका बोल्दै केन्द्रिय सदस्य हुमागाईले वर्तमान सरकार भ्रष्टचारको संस्थागत विकास तर्फ उन्मुख भइरहेको आरोप समेत लगाउनुभयो ।

वर्तमान सरकार संविधानको मुल मर्मलाई कुल्चेर अगाडी वडीरहेकाले सवैले सजग हुनु पर्ने वेला आएको समेत केन्द्रिय सदस्य हुमागाईले बताउनुभयो । उहाँले थप भन्नुभयो, “वर्तमान सरकारले कार्यपालिका ,न्यायपालिका , व्यवास्थापिकालाई समेत आफ्नो नियन्त्रणमा लिएको लिएको छ त्यसैले देशमा अराजकता फैलिदै गएको छ ।” सरकार पक्षपाति,मनोमानि शासन सञ्चालन गरी मुलुकलाई निरकुंसता हुदै कम्यूनिष्टले अधिनायक वाद तर्फ लगीरहेको उहाँको आरोप थियो । मिडिया काउन्सील विद्येयक पत्रकार माथिको ‘कु’ भएको वताउदै वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई अहिलेको सरकारले ‘कु’ गर्न खोजेको उहाँले बताउनुभयो । नेपाल प्रेश युनियन डोटी शाखाका अध्यक्ष प्रकाश वमको अध्यक्षतामा उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।