छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं .
तनहुँ, कञ्चनपुर र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
तनहुँ, म्याग्दे गाउँपालिका १ तल्लो गुडादीस्थित पृथ्वी राजमार्गमा प्रदेश ३(०२(००६ प २५२६ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ६ वर्षीया निशा आलेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, शुक्लाफँटा नगरपालिका(७ जुडास्थित सडकमा से १ त ७१२२ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५० वर्षीया सरस्वती मल्लको न्यू झलारी पोलिक्ल्निकमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, धनगढीमाई नगरपालिका(९ स्थित राजमार्गमा स।१ त ३२२६ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुषको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार तथा अनुसन्धान गरिरहेको छ ।