पशुपतिनाथ मन्दिरमा ९ किलो सुन, एक अर्ब २९ करोड नगद


नेपाल समाचारपत्र, काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र ३ सय १६ किलोग्राम चाँदी छ।

कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषमा नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो।

कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार कोषको स्वामित्वमा १८ हजार ३ सय ४२ रोपनी जग्गा छ।

कोषले २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो।

२०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन। नगद रकम भने विभिन्न बैंकमा जम्मा गरिएको छ।