आठबिसकोटलाई मदिरा मुक्त नगरपालिका घोषणा गरिँदै


धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई मदिरा मुक्त नगरपालिका घोषणा गरिने भएको छ । आगामी असार ५ गते नगरपालिकालाई मदिरा मुक्त नगर घोषणा गर्न लागिएको हो ।

हाल नगरपालिकाका १४ वटै वडाहरुमा मदिरा आयात, विक्रि वितरण र सेवनमा रोक लगाइएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेश र जिल्ला समन्वय समितिको आयोजनामा भएको सर्वदलिय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा मदिराजन्य पर्दाथ सेवन र विक्रि बितरणमा रोक लगाइएको छ ।

हाल नगरपालिकाका विभिन्न वडाहरुले मदिरामुक्त वडा घोषणा अभियानलाई तिव्रता दिइरहेका छन । यस्तै इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल समेतको सहयोगमा मदिरा आयात गर्ने विक्रि वितरण गर्ने कार्य गरेको पाईएमा मदिरा जफत गरी नष्ट गर्ने र मदिरा सेवन गरेको पाईएमा सेवन गर्ने व्यक्ति तथा मदिरा आयात र विक्रि वितरण गर्ने व्यक्तिहरुलाई दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरिएको प्रशासकिय अधिकृत केसीले बताउनुभयो ।

पहिले सम्पुर्ण वडाहरु लाई मदिरा मुक्त वडा घोषणा भइसकेपछि यहि असार ५ गते नगरपालिकालाई नै बिधिवत रुप मदिरा मुक्त नगर घोषणा गरिने नगरपालिकाले जनाएको छ । यसैबिच उक्त घोषणा कार्यक्रममा अन्य बिभिन्न कार्यक्रमको पनि आयोजना गरिएको नगर प्रमुख गोरख बहादर केसीले जानकारी दिनुभयो ।

उक्त घोषणा कार्यक्रममा माध्यामिक बिधालय स्तरीय लोक नृत्य प्रतियोगिता ,झाँकी प्रर्दशन,र मदिरा मुक्त नगर घोषणामा सहयोग पु¥याउने ब्यक्तित्वलाई सम्मान गरिने कार्यक्रम रहेको प्रमुख केसीले बताउनुभयो ।

यस्तै माध्यमिक बिधालय स्तरिय लोक नृत्य प्रतियोगितामा प्रथम हुने बिधालयलाई रु ५ हजार पुरस्कार बितरण गरिने नगरपालिकाले जनाएको छ । यस्तै द्धितिय र तृतिय हुने बिधालयलाई जनहि रु ४ हजार र रु ३ हजार पुरस्कार बितरण गरिनेछ ।

उक्त प्रतियोगितामा सहभागि बिधालयको हकमा १,२,र ३ नम्बर वडा भित्रका बिधालयको हकमा जनहि रु ५ हजारका दरले बितरण गरिने अधिकृत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ४,५,६,१३ र १४नम्वर वडाभित्रका बिधालयको हकमा रु ४ हजारका दरले बितरण गरिने छ ।

वडा नम्बर ७,८,९,१०,११,र १२ नम्बर वडाका बिधालयको हकमा रु ३ हजार रुपैयाँ बितरण गरिने नगरपालिकाले जलाएको छ । यसैगरी झाँकी प्रर्दशनमा सहभाति हुने प्रत्येक वडालाई पनि सहभागि खर्च उपलब्ध गराइने नगर प्रमुख केसीले जानकारी दिनुभयो । झाँकीमा सहभागि हुने १,२ र ,३, नम्बर वडालाई रु ६ हजारका दरले बितरण गरिने छ ।

यस्तै ४,५,६,१३ र १४ वडाको हकमा रु ५ हजारका दरले बिरण गरिने छ भने वडा नम्बर ७,८,९,१०,११र१२ लाई रु ४ हजारका दरले बितरण गरिने छ । नगरपालिकालाई मदिरा मुक्त घोषणा अभियानमा सहयोग गर्ने ब्यक्तहरुलाई उक्त कार्यक्रम मार्फत सम्मान स्वरुप २÷२ हजारका दरले परस्कृत गर्ने नगरपालिकाले जनाएको छ ।