सुर्तीको प्याकेटमा खैरो हेरोइन


हेटौंडा, (नेस) ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बुधबार हेटांैडा–१ स्थित सडकखण्डमा शंकास्पद्रुपमा हिँडीरहेका हेटांैडा–११ बस्ने वर्ष ३१ का मिलन परियारको साथबाट सुर्तीको प्याकेटमा लुकाइराखेको लागुऔषध खैरो हेरोइन ७ ग्राम फेला पारेको छ ।

उनलाई लागुऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रहरी दाबी छ ।