शान्ति समाजले रोप्यो बुटवलको फूलवारीमा १ सय बिरुवा


यमलाल भुसाल, बुटवल ।

विश्व वाताबरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा न १ मा रहेको ऐतिहासिकस्थल मणिमुकुन्द सेन उद्यान फूलबारीमा १ सय बिरुवाहरु रोपिएको छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आंप,कटहर,नीम,धुपी,फूलहरु लगायत प्रजातीका बिरुवाहरु रोपेको हो ।

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले प्रकृतीको संरक्षणले मात्र मानव जीवनको अस्थित्व रहने बताउनु भयो ।

उहाँले प्रकृतीको दोहन गर्दा प्रकृतीले पनि मानिसको जीवनलाइ असर गर्ने गरेको धारणा पनि रख्नु भयो ।

समाजका जिल्ला सभापति डीपी खनालले शान्ति समाजले मानव अधिकारसंग जोडिएको पर्यावरण बंचाउन यो प्रकारको काम गरेको जानकारी दिनु भयो ।

मणिमुकुन्द सेन उद्यान फूलबारीका अध्यक्ष खेम लुइटेलले फूलवारीको योजनामा पनि बृक्षारोपण रहेको भन्दै समाजले थालेको कामको प्रशंसा गर्नु भयो ।

बृक्षारोपणमा लेखक ऋषि आजाद,समाजका सहसचिब कपिल ज्ञवाली ,कार्यक्रम संयोजक कृष्ण पाण्डे लगायतले बोल्दै रोपिएका बिरुवा संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनु भएको थियो ।