आवधिक योजनाले तयार गरेको मार्गचित्र अनुसार बजेट आउने: मुख्यमन्त्री पोखरेल


यमलाल भुसाल, ब्ुाटवल ।
प््रादेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले नेपाल सांस्कृतिक विविधता भएको मुलुक र विभिन्न जात जाति र समुदायले मनाउने पर्व तथा परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको उल्लेख गर्नु भएको छ । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्व कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएको बताउदै मुख्यमन्त्री पोखरेलले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यी पर्वले सघाउ पु¥याउदै आएको बताउनु भयो ।

मुख्य मन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको समेत बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले इद पर्वको बुधवार शुभकामना सन्देश दिदै संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको उल्लेख गर्नु भयो ।

उहाँले संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएकोमा संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको जनाउनु भएको छ ।

संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने पनि शुभकामना सन्देशमा उल्लेख छ ।

विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने सरकारको लक्ष्य र समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित रहेको जनाउनु भएको छ ।

उहाँले आवधिक योजनाले तयार गरेको मार्ग्चित्र अनुसार आगामी बर्षको बजेट आउने बताउनदै समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने र समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्नु भएको छ ।